पोखरा – प्रहरीले अबैद्य सुनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गगनगौडाको पावरहाउसवाट पक्राउ गरेको छ ।
काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्दा बाग्लुङ नगरपालिका ७ बस्ने २० बर्षिय अम्मर विश्वकर्माको साथवाट २० तोला सुनको सिक्री बरामद गरेको छ । यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ का २९ बर्षिय अंकित सुनारको साथवाट २१ तोला सुन सहित पक्राउ गरेको छ ।
कुल ४ सय ९३ ग्राम सुनको मुल्य ३८ लाख ९७ हजार ५ सय ४२ रुपयाँ रहेको प्रहरीले जनाएको छ । अभियुक्त राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।
अवैध सुन सहित दुई जना पक्राउ
अवैध सुन सहित दुई जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु