पोखरा- गण्डकी प्रदेशमा लामो दूरीका बस, नगरबस, ट्रक, जिप, ट्याक्सीको भाडा समायोजन भएको छ । माघ ३ गते गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकले भाडा समायोजन गरेको हो ।
प्रदेश सरकारले लामो दूरीका बसमा २.५१, नगर बसको हकमा २२.५५, ट्रकको हकमा १.५७, जिपमा ५.५० प्रतिशत बढाएर भाडा समायोजन हो । ट्याक्सीको हकमा भने सरकारले १५ किलोमिटरको यात्रामा चढ्नेबित्तिकै फ्लाग डाउन रेट ८० रुपैयाँ तोकेको छ । प्रति २ सय मिटरको १० रुपैयाँका दरले थप हुनेछ ।
यसअघि २०७८ असार ७ गते सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको थियो । पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । सरकारले २०७५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियम अनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपुर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गर्ने गरिन्छ । त्यति बेला ट्याक्सीमा १० प्रतिशत भाडा बढेको थियो । यसपछि ट्याक्सीको भाडा समायोजन भएको थिएन । प्रदेशभित्र चल्ने सवारीको भाडादर समायोजन प्रदेशले गर्न पाउँछन् ।
भाडादर समायोजनका लागि गण्डकी प्रदेशमा भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । त्यो समितिले दिएका प्रतिवेदनको आधारमा गण्डकी प्रदेशमा भाडा समायोजन गरिएको हो ।
सार्वजनिक सवारीमा नयाँ भाडादर लागू
सार्वजनिक सवारीमा नयाँ भाडादर लागू

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु