रोल्पा – गोठमा सुतिरहेका पतिलाई हँसिया र ढुंगाले हानेर हत्या गरेको अभियोगमा प्रहरीले सुनछहरी गाउँपालिका ६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनलाई पक्राउ गरेको छ ।
मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेर हत्या गरेकी प्रहरीले जनाएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।
गोठमा सुतिरहेका लोग्नेको हँसियाले हानेर हत्या
गोठमा सुतिरहेका लोग्नेको हँसियाले हानेर हत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु