काठमाडौँ-नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० भन्दा बढि पुगेका छन ।
बुधबार थप ८ हजार ४ सय ५४ सहित सक्रिय संक्रमितसहित ९० हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सक्रिय संक्रमितमध्ये ८८ हजार २ सय ४८ जना घरमै स्वास्थ्यलाभ गरिरहेको र १ हजार ८ सय १९ जना संस्थागत आइसोलेसनमा रहेका बताए । उनका अनुसार २ सय ५१ जना सघन उपाचार कक्ष आइसीयूमा र ४८ जना भेन्टिलेटरमा उपचाररत रहेको निर्देशक पौडेलले जनाए । संस्थागत क्वारेन्टाइनमा १ सय ७१ रहेको छ ।
निर्देशक पौडेलले पहिलो र दोस्रो लहरको तुलनामा आईसीयू र भेन्टिलेटर कम प्रयोग गर्नु परे पनि संक्रमण दर बढी रहेको बताए । हाल परीक्षणको आधारमा ४० प्रतिशतभन्दा बढी संक्रमित दर रहेको उनले बताए ।
संक्रमण फैलिरहेकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफू र अरुलाई संक्रमणबाट जोगाउन उनले अनुरोध गरेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४ सय ५४ संक्रमित थपिएका छन् भने ४ हजार ४ सय ३३ निको भएका छन् । २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।