मोरङ – हत्या गरेर मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा खाडल खनेर गाडिएका एक पुरुष सुनसरीको धरान ३ घर भई भक्तपुर बस्दै आएका ४९ बर्षिय राजेन्द्रकुमार श्रेष्ठ भएको खुलेको छ । अर्का अन्दाजी ३५ बर्षिय पुरुषको भने सनाखत हुन सकेको छैन ।
खेतमा उखु काटन गएका किसानले खनेको माटो देखेपछि प्रहरीलाई खवर गरेर फरक फरक दूरीका दुई खाडल खोतलेर हेर्दा दुई पुरुषको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार सिम कार्ड, पर्स र सवारी चालक अनुमतिपत्रका आधारमा राजेन्द्रकुमार श्रेष्ठको पहिचान गरिएको बताए । शव गाडिएका स्थान बस्तीबाट ५ सय मिटर पर छन्।
त्यही उखुबारीस्थित ३० मिटर पूर्वतर्फ खाडलमै गाडेको अवस्थामा भेटिएका अर्का पुरुषको सनाखत भएको छैन।
उखुबारीभित्र सात फिट गहिरो खाडलमा गाडेको अवस्थामा दुवै शव भेटिएका हुन्। श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डोब पनि देखिएको प्रहरीले जनाएको छ।
शव गाडिएको उखुबारी स्थानीयबासी बरजंगी सिंहको रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठको शव निकालिएको ठाउँबाट ३० मिटर पूर्वतर्फ गंगाप्रसाद सिंहको उखुबारीमा पनि करिब ३५ वर्षीय अर्का पुरुषको पनि शव बुधबार राति भेटिएको थियो।
दुवै शव एकै शैलीमा खाडल खनेर गाडिएको अवस्थमा भेटिएको जिसीले बताए। सुरुमा उखु काट्ने क्रममा किसानले ताजा माटोसहितका दुई खाडल देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दुवै खाडल खनेर हेर्दा कपडा लगाएकै अवस्थामा गाडेका शव भेटिएका हुन्। प्रहरीले दुवैको हत्यापछि गाडिएको हुन सक्ने निष्कर्ष निकालेको छ।
घटनास्थलमा संघीय प्रहरी कार्यालय विराटनगरबाट तालिमप्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनास्थलमा मोरङ प्रहरी प्रमुख जिसी, डीएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का पनि जुटेर अनुसन्धान गरिरहेका छन्।
हत्यापछि उखुवारीमा गाडिएका सुनसरीका श्रेष्ठ, अर्काको सनाखत हुन बाँकी
हत्यापछि उखुवारीमा गाडिएका सुनसरीका श्रेष्ठ, अर्काको सनाखत हुन बाँकी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु