काठमाडौं – सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय, डान्सबार, फुटसल, स्वीमिङ पुल, मन्दिर बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।
उनका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो । यस्तै कलेज, ट्युसन सेन्टरलगायतमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस भएको छ ।
यसैगरी कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ।
बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस भएको सीसीएमसीकी प्रवक्ता नेपालले जानकारी दिइन् ।
यसअघिको क्याबिनेट बैठकले यी क्षेत्र माघ १५ सम्म बन्द गर्ने निर्णय भएकामा सीसीएमसीले फेरि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।