काठमाडौँ – नेपालमा पछिल्ला ४ दिनको अवधिमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा.संगीता मिश्राले माघ १३ देखि १६ गतेसम्ममा संक्रमणबाट ३२ जनाको मृत्यु भएको जानकारी दिएकी हुन् ।
उनका अनुसार १२ जना श्री वीरेन्द्र अस्पतालमा र अन्य विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएको प्रवक्ता मिश्राले जनाइन् । २४ घण्टामा निको हुनेको संख्या भने ६ हजार ३५९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ छ ।
४ दिनमा कोरोनाबाट ३२ जनाको मृत्यु
४ दिनमा कोरोनाबाट ३२ जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु