इलाम – इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटनाबारे छानबीन गर्न प्रहरीले समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलामले घटनाबारे छानबीनका लागि प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय छानबीन समिति बनाएको हो ।
जिल्लाको रोङ गाउँपालिका–४, पहिरोमा गत १२ माघमा जीप दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको मृत्यु भएको थियो ।
घटनामा उनीहरुको साथमा रहेको करिब चार लाख रुपैयाँ र आधा तोला सुनको औंठी हराएको थियो ।
मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर विक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।
मृतकहरुको नगद र सुन चोरी बारे छानवीन गर्न समिति
मृतकहरुको नगद र सुन चोरी बारे छानवीन गर्न समिति

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु