काठमाडौं – मित्रपार्कमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। मित्रपार्कबाट गौरीघाटतर्फ जाने ओरालोस्थित सडक खण्डमा करिब २२ वर्षीय युवक आइतबार राति साढे ११ बजेतिर गम्भिर अबस्थामा भेटिएका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले घाईते युवकलाई तत्काल नेपाल भारत मैत्री अस्पताल मित्रपार्क लगिएकोमा १५ मिनेटपछि मृत घोषणा गरेको बताए।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका ७ घर भइ चाबहिल बस्ने २८ वर्षीय सुरेस दर्नाललाई पक्राउ गरेको छ।
घटना बारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।
मित्रपार्कमा कुटपिटबाट युवकको मृत्यु
मित्रपार्कमा कुटपिटबाट युवकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु