कञ्चनपुर – सन्न जन्मदा बुवा आमाले खुसीले धेरै आशा र सपना देख्ने गर्दछन । लेखपढ गरेर, राम्रो काम गरेर आफ्नो र परिवारको रेखदेख गर्ला । असल काम गरेर किर्ति राख्ला र वुढेसकालमा सहारा बन्ला भन्ने आशा गरेर दिनरात नभनिकन सन्तानको सुखको लागि काम गर्दछन । तर आफुले दुःख गरेर हुर्काएको छोराले नै वुवाको हत्या गरेको खवर सुन्दा सवैलाई दुःखी बनाउँछ ।
लालझाडी गाउँपालिका २ कञ्जका २६ बर्षिय रामविलास रानाले घरायासी झगडामा आफ्नै वुवाको हत्या गरेका छन । रामविलासले ४२ वर्षीय वुवा कोठग्गु रानालाई बन्चरोले टाउकोमा हानेर हत्या गरेका हुन । वुवाको हत्या अभियोगमा रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर पाएर ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हत्या बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।