काठमाडौं – देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर दिनप्रति दिन उकालो लागिरहेको बेला देश हाँक्ने जिम्मेवारी बोकेका नेताहरु भने चुनावमा जाने र जितेर सत्तामा पुग्नेतर्फ मात्रै ध्यान केन्द्रित गरेका छन ।
गरिव जनता निचोरेर भरिएको राज्यको ढुकुटीबाट तलव भत्ता खाने र अनेक सेवा सुविधामा रमाउनेहरु दिनहुँ कोरोनाले मर्नेहरुको सख्या बढ्दै गर्दा कारक तत्व खोज्नेतर्फ पटक्कै ध्यान दिएका छैनन ।
कोरोना महामारीका बेला जनताले के कस्ता समस्याहरु भोग्दै आएका छन ?, राज्यले के कस्ता नीति र कार्यक्रम ल्याउनुपर्छ भन्ने तर्फ पटक्कै ध्यान नदिएका नेताहरु कहिले चुनाव गर्ने र कसरी सत्तामा पुगेर सेवा सुविधा हडप्ने भन्नेतर्फ मात्रै ध्यान दिएका छन ।
कोरोना संक्रमित संख्याको तुलनामा मृत्यु दर बढिरहेकोले राज्यले कारक तत्व खोज्नुपर्ने विशेषज्ञ चिकित्सकहरुले जोड दिएका छन ।
जनस्वास्थ्य विज्ञहरुले ओमिक्रोन भेरियन्ट घातक नहुने बताए पनि माघको दोस्रो सातादेखि मृत्युदर उकालो लाग्ने क्रममा छ ।
पछिल्लो एक हप्तालाई विश्लेषण गर्दा कोरोनाबाट ८५ जना संक्रमितको मृत्यु भएको छ । गत बुधबार ५ जना, बिहीबार १५ जना, शुक्रबार १० जना, शनिबार ६ जना, आइतबार ३२ जना, सोमबार ८ र मंगलबार ९ जना संक्रमितको मृत्यु भएको हो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो मृत्यु डेल्टा वा ओमिक्रोन भाइरसका कारण बढेको हो वा अन्य कारणले छुट्याउन जरुरी रहेको बताए । उनले भने,ुडेल्टा पनि अहिले हटिसकेको छैन । अहिले अधिकांशमा कोरोना पोजेटिभ देखिएको छ । अघिल्ला वर्षहरुको यहि माघ महिना र यो माघ महिनाको मृत्युदर अध्ययन गर्नुपर्ने देखिन्छ।ु डा. पुनले भने, ुमृत्युको बारेमा हामीले ट्रेन्ड हेर्नैपर्ने हुन्छ । गतवर्ष वा केहि वर्ष अघि कोरोनाकाल अघिसहितको यो समयको मृत्युदर र अहिलेको मृत्युदरको ट्रेन्ड हेरेर विश्लेषण गर्नुपर्ने देखिन्छ । यो समयमा दमका, दीर्घ रोगी भएका मानिसहरुको मृत्यु हुने थियो की थिएन । र, अहिलेको तुलना गरेर हेर्नुपर्ने देख्छु । गत वर्ष पनि यो समयमा मृत्यु अलि बढी हुने रहेछ भने स्वभाविक रहेछ। ओमिक्रोन मात्र नभएर अरु पनि कारण रहेछ भन्ने बुझ्नुपर्यो । यदि मृत्युदर गत वर्षहरुमा यो समयमा कम रहेछ भने अलिक सोच्नुपर्ने हुन्छ ।ु
त्रिवि शिक्षण अस्पतालमा कार्यरत छाति रोग विशेषज्ञ प्रा.डा.नीरज बमले ओमिक्रोन भेरियन्टबाट दीर्घरोगीहरु धेरै प्रताडीत भएको बताए । उनले भने,ु जो पहिलेदेखि डायलासीसमा थिए । किड्नी डायलासिस गरेका, किड्नी ट्रान्सप्लान्ट गरेका, कलेजोमा समस्या देखिएका , दीर्घ खालका दम श्वासप्रश्वासका समस्या भएका वृद्ध वृद्धाहरु बढी छन् । डेल्टा भइदिएको भए यो समयमा मृतकको संख्या धेरै नै बढ्थ्यो । रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई संक्रमणले असर गरेको देखिन्छ ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मीश्रले भने संक्रमित मृतकको संख्या बढ्दै गएको बताइन् ।
थप ९ सहित नेपालमा कोरोनाबाट ११ हजार ७५२ मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा थप ५५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो। १० हजार ७७६ नमूनाको पीसीआर र ६८ सय ९८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
यस्तै मंगलबार थप ८ हजार २६७ जना कोरोनामु्क्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
जेठ ४ गते स्थानीय तहको निर्वाचन
सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो ।
‘सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बन्यो । प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्नुभएको छ, अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।
आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन ।
स्थानिय तहको निर्वाचन खर्च १२ अर्ब
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा करिब १२ अर्ब रुपैयाँ खर्च हुने बताएका हुन् ।
र्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ । ०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ ।
‘२०७४ को निर्वाचनपछि करिब २० लाख मतदाता थपिएका छन् । अब सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुनेछ,’ आयोगले भनेको छ । आयोगले मतदानको स्वच्छता र निष्पक्षता तथा मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न मतदान केन्द्र तथा मतगणना स्थलहरुमा सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने भएकाले खर्त वृद्धि हुने जनाएको छ । साथै कोभिड–१९ को कारण स्वास्थ्य सुरक्षा मापदण्डका लागि समेत थप खर्च हुने आयोगको अनुमान छ ।