मोरङ- हरेक प्राणीको आमा नहुने हो भने सृष्टि संभव नै थिएन । आमाको माया, ममता, त्याग, पालनपोषण,हेरचाहले गर्दा नै प्राणी जन्मिएर बाँच्न सफल हुन्छ । त्यसैले धर्तीमा जननी अथार्त आमा र वुवाको स्थान सबैभन्दा उच्च रहेको छ । सन्तानको सुखको लागि आमाले आफ्ना सबै खुसीहरु बलिदान गरेर आफु बाँचुन्जेलसम्म दुःख, पीडा झेल्न तयार हुन्छन । तर सन्तानले भने आमा र वुवाको बलिदान नबुझेर जन्मदाता र कर्मदातालाई हेला, अपमान र तिरस्कार गरेका घटनाहरु सार्वजनिक हुनेक्रम बढ्दो छ ।
त्यति मात्रै होईन, पछिल्लो समय सन्तानका नाममा जन्मिएका केहि कलंकहरुले आमा र वुवाको हत्या गरेका घटनाहरु पनि बढ्न थालेका छन । मोरङमा एक जना छोराले जग्गाको लोभमा बृद्ध आमाको हत्या गरेका छन । आमाको हत्या अभियोगमा पक्राउ पर्ने ४८ वर्षका कमल श्रेष्ठ छन् । मोरङको शनिश्चरे नगरपालिका–२ घर भएका कमलले आफ्नी ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले कमलले बृद्ध आमाको घाँटी थिचेर हत्या गरेपछि जंगलमा लगेर जलाएउको अनुसन्धानबाट पत्ता लगेको वताएका छन ।
माघ १२ बाट जगमाया हराएको भनेर परिवारले खोजतलासका लागी प्रहरीमा निवेदन दिएका थिए । तर, अनुसन्धानबाट जग्गाको विवाद हुँदा कमलले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आमाको हत्यापछि उनले सोही ठाउँमा रहेको हरीयाली सामुदायिक वन छेउको घाटमा जलाएका थिए । माघ १७ मा पक्रेर उनलाई ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जग्गाको लोभमा बृद्ध आमाको हत्या गर्ने छोरा पक्राउ
जग्गाको लोभमा बृद्ध आमाको हत्या गर्ने छोरा पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु