काठमाडौँ – हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जनरचटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
बदलीसहित ठाउँ ठाउँमा मेघ गर्जन र बर्षाको संभावना
बदलीसहित ठाउँ ठाउँमा मेघ गर्जन र बर्षाको संभावना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु