प्यूठान -बेहुली बोकेर फर्कदै गरेको ग १ ज ५०९२ नम्बरको जिप लिवाङको ओखरपाटामा दुर्घटनाग्रस्त हुँदा एकै परिवारका तीनसहित आठ जनाको मृत्यु भएको छ ।
नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप शनिवार सबेरै तीन बजेतिर ओखरपाटामा वाटोबाट करिव डेड सय मिटर तल खोल्सामा खसेर दुर्घटनाग्रस्त बनेको थियो ।
मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए। अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।
गौमुखी ६ का बेहुला २५ वर्षीय दानबहादुर खड्का र गौमखी ६ की बेहुली २० वर्षीया रीमा बिसीको अवस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ। बेहुली रिमाको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ।
जन्ती गएकाहरू दुर्घटनामा परेपछि सिंगो गाउँ शोकमा डुवेको छ ।
प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको बताए। उनले ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल पुर्याएलगत्तै मृत्यु भएको जानकारी दिए।
रातभर पानी परेको र बाटो चिप्लो भएका कारण पनि घाईतेहरुलाई समयमै उद्धार गर्न समस्या भएको प्रहरीले जनाएको छ।
बेहुली बोकेको जीप दुर्घटनामा एकै परिवारका तीनसहित आठ जनाको मृत्यु
बेहुली बोकेको जीप दुर्घटनामा एकै परिवारका तीनसहित आठ जनाको मृत्यु
"घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु