टर्की र ग्रीसको सीमानजिकै ईप्सालामा ठण्डीले कठ्यांग्रिएर अहिलेसम्म १९ आप्राबासीको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुले बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको वताएका छन ।
कतिपय आप्रवासी जुत्ता र चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको पाइन्छ । ग्रीसको सीमा बलले २२ जनाको आप्रवासीहरूको समूहविरुद्ध ठगले झैं काम गरेको मन्त्री सोयुलुको भनाइ छ । मृत्यु हुनेहरू त्यही २२ जनाको समूहका व्यक्ति भएको उनले जानकारी दिएका छन् । उनले युरोपेली युनियनले पनि मानवीय व्यवहार नदेखाएको आरोप लगाएका छन् ।
ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको बताएको छ । ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दुस्खद हो । उनीहरू ग्रीस छिर्न खोजेका थिएनन् ।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन् । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको ुवास्तविक तस्बिरु उजागर गर्ने बताएका छन् ।
इप्साला ग्रीसको सीमानजिकै रहेको सहर हो, जुन अवैधानिक रूपमा युरोप प्रवेश गर्न चाहनेहरूको रुट पनि हो । पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ । ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो । पछिल्लो घटनामा नेपाली नागरिक परेरनपरेकोबारे बुझ्ने काम भइरहेको टर्की मामिलासमेत हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए ।
ुसीमामा गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासी धेरै हुने भएकाले पहिचान खुल्न कठिन भएको हो,ु राजदूत अधिकारीले भने, ुहाम्रो नागरिक परेकोरनपरेकोबारे हामीले बुझिरहेका छौं । टर्कीस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग हामी सम्पर्कमा छौं ।ु
टर्कीको राजधानी इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङले नेपाली नागरिक पनि परेको हुन सक्ने बताएका छन् । नेपाली तथा बंगली नागरिक उक्त घटनामा परेको हुन सक्ने आशंका गरिए पनि यकिन हुन सकेको छैन । ुनेपालबाट आफन्तले एक जना चार दिनदेखि टर्कीमा हराइरहेको भन्ने सन्देश पठाउनु भएको छ, उहाँको अवस्थाका बारेमा पनि हामीले बुझ्ने प्रयास गरिरहेका छौं,ु घिसिङले इकान्तिपुरसित भने, ुउहाँ र अरु पनि कोही परेको छ कि भन्नेबारे हामीले यहाँका स्थानीयलाई नै सोधखोज गर्न घटनास्थलमा पठाएका छौँ ।ु
वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर–२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवारले सोधखोजका लागि हारगुहार गरेका छन् । इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका आफन्तले बताएका छन्। अवस्थी दसैं अगाडि काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट टर्की गएका हुन् । त्यसयता नियमित रूपमा परिवारसँग सम्पर्क भइरहे पनि मंगलबारदेखि कुरा हुन नसकेको एक आफन्तले बताए ।
ठण्डीले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु
ठण्डीले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु