बुटवल – बुटवलका समाजसेवी तथा उद्यमी खेम पुनको मष्तिकघातले काठमाण्डौमा निधन भएको छ । ब्यवसायीक कामको शिलशिलमा बिरगन्ज पुगेका पुन आईतवार अचानक बेहोस भएपछि बिरगन्ज स्थीत तराई अस्पतालमा भर्ना गरिएको थियो।
बिरगन्जमा उपचार सम्भव नभएपछि एयर एम्वुलेन्स मार्फत सोमवार काठमाण्डौ स्थीत मेडीसिटी अस्पताल लगिएका पुनको निधन भएको पारिवारीक श्रोतले बताएको छ।
पुनको शवलाई बुटवल ल्याई अन्तेष्टी गरीने पुनका निकटस्थ एवं नेपाल औषधी ब्यवसायी संघका पुर्व अध्यक्ष बावुराम भटराईले जानकारी दिए। नेपाल औषधी ब्यवसायी संघ लुम्विनीको अध्यक्ष समेत भई सकेका पुन बुटवलमा असल समाजसेवी तथा अभिभावकको पहिचान बनाएका थिए।
करीव ३२ बर्ष देखि औषधी ब्यवसाय र औषधी उत्पादनमा सम्लग्न ५९ बर्षिय पुनका एक श्रीमती र एक छोरा छन्। गुल्मीको भार्सेमा जन्मेका पुन लामो समय बुटवलमा रहेर शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएका थिए।
पुनले स्थापना गरेरको खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानले जेहेन्दार तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई उच्च शिक्षा समेत अध्यायन गर्ने कार्यमा सहयोग गर्दै आएका छ।
पुनले स्थापना गरेको उक्त प्रतिष्ठानबाट हाल सम्म १० जना भन्दा बढि बिद्यार्थीहरुले चिकित्सा सास्त्र पढनका लागि छात्रबृती समेत पाएका छन्।
गुल्मीको भार्सेमा जन्मेर बुटवलमा औषधी व्यवसाय गर्ने खेमराज पुन र उनकी पत्नी ओमीकलाले आत्मशान्ति र पुण्यका लागि भन्दै आफ्नो कमाइको एक चौथाइ रकम जम्मा गरेर खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका हुन।
२०७० देखि स्थापित प्रतिष्ठानमा हाल एक करोड रकम छ । त्यसको ब्याजबाट अहिलेसम्म विपन्न परिवारका ९ जना विद्यार्थीलाई एमविविएस पढ्न मासिक १० हजारसम्म रकम र शैक्षिक सामाग्री उपलब्ध गराएको छ।
ति मध्ये ४ जनाले एमबिविएस उत्र्तिण गरिसके भने एक जनाले एमडि गर्दैछन्। २ जना इन्जीनियर, २ जना कानुन, एक जना बिडिए, बि फार्मेसी हुदै २५ जनाले छात्रवृत्ति पाएका छन्।
कोषबाट उनीहरुको पढाइमा मात्रै ४५ लाख रुपैया खर्च भएको छ। पढाइमा तेज भएपनि आर्थिक अभावले समस्या भएका विद्यार्थीहरु छात्रवृत्तिका कारण पढ्न पाउदा लक्ष्यमा पुग्न सकेका छन्।
खेमले छोराको विहेमा हुने खर्च जोगाएर १० लाखको राजु सरीता पुन भोजन सहयोग कोष खोलेर विपन्नलाई खाद्यान्न सहयोग दिएका छन्। भने बाबु मनबहादुर र आमा गौरीका नामबाट ७ लाखको मनगौरी पुन शैक्षिक अक्षय कोष स्थापना गरेका छन्। त्यसबाट वर्षेनी विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री दिइन्छ।
त्यसैगरी हजुरआमा कला पुनको स्मृतिमा २ लाख रुपैया दिएर कलापुन महिला समूह बनाएका छन् । समूहमार्फत बीउ पूजी दिएर महिलाहरुलाई आयआर्जनमा लगाएका छन् ।पुनले रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र, शवदाहगृह, ध्यान योगकेन्द्र बनाउनेदेखि सामाजिक भवन बनाउन रकम खर्चेका छन्।
पाल्पा कारागारमा आमाबाबुसंगै रहेका बालबालिकादेखि युवाको पढाइमा सघाएका छन्। खेमले खोलेको प्रतिष्ठानको सहयोगबाट विपन्न र अशक्तले शिक्षादिक्षा देखि खानानाना र उपचारको सुबिधा पाएका छन्।
समाजसेवी पुनको मष्तिकघातले निधन
समाजसेवी पुनको मष्तिकघातले निधन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु