काठमाडौं -अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी खारेज गर्न माग गर्दै बुधबार काठमाडौंमा वृहत प्रर्दशन गरिएको छ ।
आधा दर्जन कम्युनिस्ट पार्टीले एमसिसीको चर्को बिरोध गर्दै जुलुससहित संसद् भवन घेराउ गरेका हुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासहित कम्युनिस्ट पार्टीले बुधबार दिउँसो माइती घरदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर प्रदर्शन गरेका हुन्।
यो प्रदर्शनमा सत्ता गठबन्धनबाट अलग्गिँदै राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ। मंगलबार उनीहरूले देशभर कोणसभा गरेका थिए।
बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई विरोध र्यालीसहित उनीहरु संसद् भवन क्षेत्र पुगेका हुन्।
एमसीसीको विरोधमा जनमोर्चासहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी उत्रिएका हुन्।