काठमाडौं – पदको दुरुपयोग गरी अकुत सम्पति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालिन सहन्यायाधिवक्ता सुरेन्द्रवहादुर थापा बिरुद्ध मुद्धा दायर गरेको छ ।
भ्रष्टाचारको अभियोगपछि निम्वलित गरिएका थापाका बिरुद्ध अख्तियारले ६१ लाख २ हजार विगो कायम गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
थापाले ३० वर्षको सार्वजनिक सेवाको अवधिमा २ करोड ३७ लाख ७८ हजार कमाएको र १ करोड ७६ लाख ७६ हजारमात्रै वैध आय देखिएको अख्तियारले जनाएको छ । थापा २०४५ असार ५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेका थिए । खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको ६१ लाख २ हजार रकमको स्रोत खुल्न नसकेको देखिएको छ । उनले राष्ट्रसेवक भएपश्चात के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
थापा र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पाइएको छ ।
आफ्नो हैसियतभन्दा बढी रकम श्रीमती अन्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवं विभिन्न बैंकहरुमा जम्मा गरेको देखिएको छ । खड्कालाई अख्तियारले प्रतिवादी बनाएको छ ।
सहन्यायधिवक्ता थापाविरुद्ध ६१ लाख २ विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २० बमोजिम सजाय हुनका साथै थापाले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा ९१० र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख, बमोजिम असुलउपरजफत गरी पाउन मागदावी गरिएको छ ।
थापाकी श्रीमती अन्जु खड्का थापासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
उच्च सरकारी वकिल कार्यालय पोखराका निलम्वित सहन्यायाधिवक्ता थापा बिरुद्ध भ्रष्टाचारको मुद्धा
उच्च सरकारी वकिल कार्यालय पोखराका निलम्वित सहन्यायाधिवक्ता थापा बिरुद्ध भ्रष्टाचारको मुद्धा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु