संखुवासभा – कमजोर पुलको क्षमता भन्दा बढि भार बोकेका तीन वटा मालवाहक ट्रक एकैपटक गुडदा मकालु गाउँपालिका ५ नुम र १ वालुङ जोड्ने बेलीब्रिज भाँचिएको छ।
निर्माणधीन ईप्सुवा हाइड्रो पावरको निर्माण सामाग्री बोकेर शनिवार गुडदै गरेका ट्रकको भार अरुण नदीको चक्र कृष्ण पुलले थेग्न नसकेपछि भाँच्चिएको थियो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले ट्रकमा सवार चालक र सहचालक सकुशल रहेको उनले बताए।
दुई वटामा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरु आयोजनास्थल गएका थिए। पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा छन ।
पुल भाँचिएर भुँइमा छोए पनि भाँचिएको भागमा तीनै ट्रकबीचैमा अल्झिएका छन । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन्। ५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टनमात्र रहेको थियो। २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो। बेलिब्रिज भाँचिएपछि आवतजावतमा समेत समस्या भएको छ। पुल भाँचिएर भएको दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए। सवारी चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मालवाहक ट्रक एकैपटक पुलमा गुडदा बेलीब्रिज भाँचियो
मालवाहक ट्रक एकैपटक पुलमा गुडदा बेलीब्रिज भाँचियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु