पोखरा – भैंसी धनी सम्वन्धि हारेको मुद्धामा पनि जितेको भन्दै गाउँका एक गरिव दलित परिवारसँग रकम ठगि गरेको अभियोगमा प्रहरीले पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता कमल अर्याललाई पक्राउ गरेको छ ।
मानव अधिकार मञ्चमा आवद्ध रहेका अधिवक्ता अर्यालबाट आफु ठगिएको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका रामवहादुर दमैले उजुरी दिएपछि
प्रहरीले अर्याललाई पक्राउ गरेको हो ।
भैंसी धनी सम्वन्धि मुद्दामा रामवहादुरको पक्षमा वहस गरेका अधिवक्ता अर्यालले हारेको मुद्धा जितियो भन्दै थप रकम माग्नुको साथै अदालतको फैसलाको छाँया प्रतिका लागि थप २ हजार रुपयाँ राजस्व लाग्छ भनेर ठगि गरेको पीडितले जनाएका छन । अर्यालका बिरुद्ध सोमबार ठगिको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलवार जिल्ला अदालतवाट आदेश लिएर साँझतिर पोखरा १७, पार्दीवाट पक्राउ गरेको थियो ।
पीडित रामवहादुरले अधिवक्ता अर्यालले मुद्दा हारिसकेपछि पनि जितेको भन्दै झुक्याएर थप पाँच हजार र छाँयाप्रति लिन दुई हजार राजस्व तिर्न पर्ने भन्दै रकम लिएको वताएका छन । उतिवेला फैसलाको प्रति माग्दा ३५ दिनपछि पाईने वताउँदै अधिवक्ता अर्यालले भनेका र पछि फैसला पढदा हारेको मुद्धा पनि जितेको भन्दै ठगिमा परेको थाहापाएपछि रामवहादुर प्रहरी कहाँ उजुरी दिन पुगेका थिए ।
दुई बर्ष अघि मोक्यु लेकको चरनमा छाडेको पाडोको खोज्दै जाँदा अर्कैले समातेर पालेको थाहा पाएपछि फर्काउनेक्रममा बादविवाद र मुद्दामामिला झेल्दै रामवहादुर जिल्ला अदालतसम्म पुगेका थिए । जिल्ला अदालत कास्कीले गत अशोज ७ गते भैंसी अन्नपूर्ण–८ दाङसिङको थमडाँडास्थित थमडाँडा सामूहिक अग्र्यानिक कृषि तथा पशुपंछी फार्मका संचालक रामप्रसाद ढुंगाना, दिनेश गुरुङको भनेर फैसला गरिदिएको थियो । यसअघि पनि अन्नपूर्ण गाउँपालिकाको न्यायिक समितिले पनि भैंसी ढुंगाना र गुरुङको भनेर गरेको निर्णयको बिरुद्ध रामवहादुर जिल्ला अदालत कास्कीमा पुगेका थिए ।
हारेपनि भैंसीको मुद्धा जितियो भन्दै दलितलाई ठगेको अभियोगमा अधिवक्ता अर्याल पक्राउ
हारेपनि भैंसीको मुद्धा जितियो भन्दै दलितलाई ठगेको अभियोगमा अधिवक्ता अर्याल पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु