पोखरा- हारेको भैंसी मुद्धामा जितेको भन्दै गाउँका गरिव ग्राहकलाई ठगी गरेको आरोपमा पक्राउ परेका कमलप्रसाद अर्याललाई पोखरा महानगरपालिकाको कार्यालयले सल्लाहकार पदवाट वर्खास्त गरेको छ ।
पोखरा महानगरपालिकाको कार्यालयको सल्लाहकारको रुपमा रहेका अर्यालका बिरुद्ध छानवीनमा सहज वातावरण बनाउन फागुन ३ गतेदेखि नै सल्लाहकारको जिम्मेवारीवाट पदमुक्त गरिएको महानगरपालिकाले जनाएको छ ।
’सल्लाहाकार अधिवक्ता कमलप्रसाद अर्याल ठगी आरोपमा पक्राउ परेको घटना सम्बन्धमा पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्यतथ्य छानबिनमा सहजताका लागि पोखरा महानगरपालिकाको नगर प्रमुख स्तरीय निर्णयबाट निज अर्याललाई पक्राउ परेको मिति २०७८ फागुन ३ गतेका दिन देखि नै कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा सबैमा जानकारी गराउँदछौं,’ महानगरपालिकाका प्रेस संयोजक माधव बरालद्धारा जारि प्रेस विज्ञप्तिमा भनिएको र्छ ’साथै घटनाको निष्पक्ष छानबिनका लागि सरोकार तथा सम्वद्ध निकायलाई पोखरा महानगरपालिका आग्रह गर्दछ ।’
ठगि मुद्धाका अभियुक्त अधिवक्ता अर्याललाई महानगरले सल्लाहकारबाट हटायो
ठगि मुद्धाका अभियुक्त अधिवक्ता अर्याललाई महानगरले सल्लाहकारबाट हटायो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु