काठमाडौं- दलहरुवीच सहमति जुटन नसकेपछि विहीवार संसद बैठकमा अमेरिकी आर्थिक परियोजना एमसीसी टेबल हुन सकेन ।
माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले यथाअवस्थामा एमसीसी टेबल गर्न नसकिने अडान लिएपछि टेबल हुन नसकेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदको कार्यसूचीमा एमसीसी टेबल गर्ने विषय राख्न सरकारले प्रस्ताव पेश गरेको थियो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले परामर्श समितिको बैठक बहिस्कार गरेको थियो। दलहरुबीच नै सहमति नजुटेपछि एमसीसी संसदमा टेबल नहुने भएको छ।
संसद बैठकमा एमसीसी टेबल भएन
संसद बैठकमा एमसीसी टेबल भएन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु