पोखरा- हीरक जयन्तीको अबसरमा बिन्ध्यबासिनी मावि बाटुलेचौरले गरेको बृहत रक्तदान कार्यक्रममा १ सय ५ यूनिट रगत संकलन भएको छ ।
एमसीसीको बिरोधमा दलहरुले गरेको बन्दका बाबजुद रक्तदानमा १४ महिला र ९१ पुरुषले रक्तदान गरेका आयोजक बिद्यालयले जनाएको छ । आयोजक उप समितिका सदस्य दिनेश शर्माले बिद्यालयले बिभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउनेक्रममा बिरामीको उपचारमा सहयोग गर्ने उदेश्यले रक्तदान गरेको बताए ।
पोखरा १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका पुर्व प्र.अ खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम शुरु गरेका थिए । रक्तदान कार्यक्म उपसमितिका संयोजक दुर्गा के.सी थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमादेवी गौतम अधिकारी, हीरक जयन्ती मुल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा अधिकारी, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विन्ध्यवासिनी भु.पु विद्यार्थी मंचका अध्यक्ष हरि वरुवाल, शिक्षक तारा अधिकारी, भीम वहादुर गायक लगायतले रगतको अभावले कसैको पनि ज्यान जोखिममा पर्न नहुने तर्फ सवै सचेत वन्नुपर्ने वताए ।
पोखरामा रगतको अभाव देखिए पछि रक्त संचार केन्द्रका अर्जुन खड्काले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदिन विभिन्न संघ संस्थालाई आग्रह गरे । कार्यक्रममा ४५औं पटक राम व. वानिया, ३५ औं पटक वसन्त तिमिल्सीना, ३४ औं पटक शकंर वस्नेत सहित अधिंकाश नयाँ रक्तदाताले सहभागिता जनाएको उपसमितिका सदस्य भीमवहादुर गायकले जानकारी दिए ।
रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विभिन्न संघ संस्था एवं व्यक्तिले सहयोग गरेका थिए । विद्यालयले हीरक जयन्ती चैत २७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
विन्ध्यवासिनीको रक्तदानमा १ सय ५ युनिट रगत संकलन
विन्ध्यवासिनीको रक्तदानमा १ सय ५ युनिट रगत संकलन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु