काठमाडौं – शेरवहादुर देउवा नेतृत्वको सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी प्रस्ताव पारित गर्न खोजेपछि त्यसको बिरोध गर्दै गरिएको नेपाल बन्दमा ठाउँ ठाउँमा तनाव सिर्जना भएको छ । राजधानीको बानेश्वरमा प्रहरीले प्रर्दशनकारीहरुमाथि पानीको फोहोरा प्रहार गर्दै लाठी प्रहार गरेको थियो । एमसीसी र सरकार बिरुद्ध नारावाजिमा उत्रिएका प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
बानेश्वरस्थित संसद भवन अगाडि दिनभर गरिएको प्रदर्शनमा झडप हुँदा १ प्रदर्शनकारी र ३ प्रहरी घाइते बनेका छन । प्रहरीले जुलुसमा हस्तक्षेप गरी ९२ प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको छ ।
एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभामा एमसीसी टेबुल नगर्न दवाव दिँदै भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दा दोहोरो झडप भएको थियो । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न दर्जनौँ सेल अश्रु ग्यास र पानीको फोहोरा समेत प्रयोग गरेको थियो ।
सडक र सत्तामा समेत चर्को बिरोध भएपछि संसद बैठकमा एमसीसी टेबल हुन सकेन । चौतर्फी विरोध र सत्तारुढ गठबन्धनमै सहमति हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्नबाट पछि हटेका हुन् ।
राजधानीमा पानीको फोहोरा प्रहार, ९२ प्रर्दशनकारी पक्राउ, झडपमा केहि घाईते
राजधानीमा पानीको फोहोरा प्रहार, ९२ प्रर्दशनकारी पक्राउ, झडपमा केहि घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु