काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज नौ हजार ७८९ स्वाब परीक्षण गर्दा ५७० जनामा कोरोना पुष्टि भएको हो। आज सात हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जनामा र दुई हजार ७६१ जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको छ।
कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन्। बुधबार तीन जनाको ज्यान गएको थियो। योसँगै कोरोनाबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ९११ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना निको भएका छन्। निको हुनेको सङ्ख्या पनि नौ लाख ४६ हजार ३३० पुगेको छ। अझै १६ हजार ६१६ सक्रिय सङ्क्रमित छन्।
कोरोनाले थप ६ को मृत्यु, ५ सय ७० संक्रमित
कोरोनाले थप ६ को मृत्यु, ५ सय ७० संक्रमित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु