काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको देशभर चर्को विरोध भइरहेका बेला कलंकीको ढुंगे अडडामा दुई कुकर बम भेटिएको छ ।
सडक पेटीमा राखिएको कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पार्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बम कस्ले राख्यो भन्ने बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए। एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत हुवहु एमसीसी सदनमा टेबल गर्न नहुने बताएपछि प्रधानमन्त्री शेरवहादुर देउवा श्रीमति आरजु सहित प्रमुख विपक्षी दल नेकपाका अध्यक्ष केपि शर्माको दैलोमा फकाउन पुगेका थिए ।
कलंकीमा दुई कुकर बम, सेनाको टोली पुग्यो
कलंकीमा दुई कुकर बम, सेनाको टोली पुग्यो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु