नेपालगन्ज- बनमा दाउरा लिन गएका ६० बर्षिय धनबहादुर चलाउनेको बाघको आक्रमणवाट मृत्यु भएको छ । बाँकेमा पाटेबाघको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
राप्तीसोनारी–६ डाँडाटेपरीका ६० वर्षका धनबहादुर चलाउनेको शनिबार बिहान राप्ती पीडित सामुदायिक वनमा दाउरा गर्न गएको बेला महुवा खोला नजिक बाघको आक्रमणबाट मृत्यु भएको हो।
वन कर्मचारी र स्थानीयले खोजी गर्ने क्रममा बिहान १० बजेतिर घाँटीमा रगत चुसेर मारेको अवस्थामा शव फेला परेको थियो। शव नजिकै स्थानीयले बाघलाई पनि देखेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले वताए ।
यसअघि राप्तीसोनारी–१ गाभरमा भारतीय नागरिक, वडा नं। ४ का ५६ वर्षिया लीला विष्ट, वडा नं। ६ की ३२ वर्षिया चाँदनी थारु र नरैनापुर गाउँपालिकामा एक जनाको बाघ आक्रमणबाट ज्यान गइसकेको छ। बाँकेमा ५ महिनाको अवधिमा पाटेबाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ।
बनमा दाउरा लिन गएका बृद्धलाई बाघले खायो
बनमा दाउरा लिन गएका बृद्धलाई बाघले खायो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु