काठमाडौं -सर्वसाधरण उपभोक्ताले दिनहुँ प्रयोग गर्ने ईन्धनको मुल्यमा फेरि बृद्धि गरिएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य अब प्रति लिटर १ सय ४५ रुपयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । ईन्धनको मूल्य बृद्धिसँगै यातायात र ढुवानीमा प्रत्यक्ष असर गर्ने भएकोले व्यापारिहरुले उपभोग्य सामाग्रीहरुको मूल्य स्वत बढाउनेछन । जसले गर्दा आम उपभोक्ताले थप महंगीको सामना गर्नुपर्ने हुन्छ ।
ग्याँसमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू। ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।
मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब रू. २ अर्व ४० करोडबाट करिब रू. २५ करोडले घटी अझै करीब रू. २ अर्ब १५ करोड घाटा यथावत नै रहने निगमले जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू। २४ अर्व नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने देखिएको पनि निगमको भनाइ छ । यस मूल्य समायोजन पश्चात् भारतको सिमावर्ती बजार रक्सौलको भन्दा नेपालको विरंगज क्षेत्रको खुद्रा विक्री मूल्य नेपालतर्फ सस्तो रहेको पनि विज्ञप्तिमा भनिएको छ ।
फेरि बढ्यो इन्धनको मुल्य
फेरि बढ्यो इन्धनको मुल्य

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु