दाङ – उमेर त नाति नातिना खेलाएर घरपरिवारलाई सहयोग गरेर बस्नुपर्ने बेला हो । तर दाङकी एक बृद्ध महिलाले बुढेसकालमा पनि सोह् बर्षे जवानीको जस्तै बैंसले मात्तिएर जघन्य अपराध गरेकी छिन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।
बुढेसकालमा लोग्नेलाई स्वास्नीको सहारा स्वास्नीलाई लोग्नेको सहारा भन्दै अन्य नाता भन्दा श्रीमान र श्रीमतिको नातालाई अझै बढि महत्व दिईएको पाइन्छ । तर राप्ती गाउँपालिका ३ वसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीले
भने बुढेसकालमा परपुरुषसँग सल्किएर आफ्नै श्रीमान्को हत्या गर्न पुगेकी छिन । उमादेवीले आफ्नो अबैद्य सम्वन्धमा ५४ बर्षिय पति लप्टेन चौधरीलाई तगारो मात्रै ठानिन । ५२ बर्षिय प्रेमी हनुमान चौधरीसँग मिलेर लप्टेनको घाँटी थिचेर हत्या गर्दै लोग्ने हराएको नाटक गरेर खोजिदिन भन्दै प्रहरी कहाँ उजुरी लिएर पुगिन ।
गत ५ गते प्रहरीमा खोजी गरिदिन भन्दै उमादेवीले निवेदन दिएकै दिन लप्टेनको शव शंस्कास्पद अवस्थामा राप्ती नदिमा फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
शरीरमा चोटपटक र घाँटीमा समेत गम्भिर चोटको निसानी देखेर अनुसन्धान शुरु गरेको प्रहरीले उमादेवी र लप्टेनवीच वेला बेलामा झगडा भइरहने र उमादेवी स्थानीय हनुमान चौधरीसँग नाजायज सम्वन्धमा रहेको पत्ता लगाएको थियो । यसअघि उमादेवीले लोग्ने लप्टेन फागुन १ गते बिहान साढे ६ बजे काम गर्न भनेर गढवा गाउँपालिका ३ गोवरडिया जान्छु भनेर गएदेखि घर नफर्किएका भन्दै प्रहरीमा निवेदन दिएर हत्यालाई ढाकछोप गर्ने प्रयास गरेकी थिइन्।
पाप धुरीवाट कराउँछ भनेजस्तै उमादेवीले अपराध लुकाउन जतिसुकै नाटक गरेपनि प्रहरीले गाउँलेकोसहयोगमा उमादेवीकै योजनामा हत्या भएको पत्ता लगाएको थियो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले उमादेवी र हनुमानवीचको अबैद्य सम्वन्ध बारे लप्टेनले थाहा पाएकोले झगडा भईरहने गरेको अनुसन्धानबाट खुलेको वताए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले माघ २९ गते लप्टेनले पत्नी उमादेवीलाई ज्यानमार्ने धम्की दिँदै कुटपिट गरेपछि उमादेवीले हनुमानसँग मिलेर हत्याको योजना बनाएको बताए । एसपी काफ्लेले दुबै जना मिलेर घरमै लप्टेनलाई मज्जासँग रक्सी खुवाएर कुटपीट गर्दै घाँटी थिचेर हत्या गरेपछि हनुमानले मध्यरातमा आफैंले शव बोकेर राप्ती नदीमा लगेरफालेको स्वीकार गरेका वताए ।
बुढेसकालमा बैसले अन्धो बनेपछि प्रेमिसँगै प्रहरीको खोरमा बृद्धा
बुढेसकालमा बैसले अन्धो बनेपछि प्रेमिसँगै प्रहरीको खोरमा बृद्धा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु