काठमाडौँ – एमसीसी संसदमा टेबल भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसी र त्यसको पक्षधरहरुको बिरुद्ध चर्को नारावाजी गर्दै उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा बर्षाएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएर संसद्मा प्रस्तुत गरिँदै गर्दा बानेश्वर सडकमा भने कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादीका भ्रातृ संगठनमा आबद्ध कार्यकर्ताहरु प्रतिनिधिसभा बैठक सुरु हुनुअघिदेखि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए ।