पोखरा – भीषण असिना पानीले आईतवार अपरान्ह् कास्कीका विभिन्न स्थानमा तरकारी र अन्नवालीमा व्यापक क्षति गरेको छ ।
असिनाले किसानले लगाएका काउली, वन्दा, साग, लहरेवाली लगायतमा क्षति पुगेको छ । असिनाले पोखरा सडक सेताम्मे बन्न पुगेका थिए । सवारी आवागमन अबरुद्ध बनेको थियो । बिहानैदेखि आंशिक बदली रहेको पोखराको मौसम दिउँसादेखि बिग्रदै गएको थियो । तर बदलिपूर्ण मौषमले भीषण हिमपात होला भनेर सर्वसाधरणले अनुमान नै गरेका थिएनन । पोखराको मध्य क्षेत्रमा त हिमाली क्षेत्रको जस्तै बाक्लो असिनाथुप्रिन पुगेको थियो । जसले गर्दा तरकारी खेतिमा व्यापक क्षति पुग्नुका साथै केहि बेर यातायात ठप्प हुन पुगेको थियो । सडकमा थुप्रिएको बाक्लो असिना पन्छाउन ठाउँ ठाउँमा डोजर लगाउन परेको थियो । पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार लगायतका स्थानमा असिनाले यातायात संचालन हुन सकेको थिएन ।
जल तथा मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालले अहिलेको मौषम असिना पर्ने बेला नभएको बताउँदै पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले वायुको स्थानीय सिस्टम विकास भएर असिना पानी परेको हुनसक्ने वताए ।
अर्यालले प्री मनसुन सुरु हुन अघि नै असिना पानी परेकोले मौषम परिवर्तनको संकेत गरेको वताए । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले असिनाले काहुँ, मालेपाटन, हेम्जा, मासवार लगायतका क्षेत्रका तरकारी र अन्नवालीमा क्षति गरेको वताए ।
काउली, बन्दा, घिरौला, करेला र तोरी बालीमा बढि नोक्सानी गरेको उनले वताए ।
असिनाले खेतिमा व्यापक क्षति, सडक सेताम्मे
असिनाले खेतिमा व्यापक क्षति, सडक सेताम्मे

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु