काठमाडौँ – अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभामा टेबल गरिएकोमा बिरोधमा उत्रिएका प्रर्दशनकारीहरुमाथि प्रहरीले रबरको गोली प्रहार गरेको छ ।
एमसीसीको सडकमा चर्को बिरोधका बाबजुद आईृतवार संसदमा टेवुल गरिएपछि आक्रोशित भीड र प्रहरीवीचको झडपले बिजुली बजार क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । झडपकाक्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुंगा बर्षाएका थिए भने प्रहरीले लाठिसहित अश्रुंग्याँस समेत हानेको छ ।
यसअघि संसद भवन अघि बानेश्वर क्षेत्रमा एमसीसीको बिरुद्ध नारावाजीमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी र पानीको फोहोरा बर्षाएको थियो ।
झडपकोक्रममा दुबै पक्षका दर्जनौ घाईते बन्न पुगेका छन ।
प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र र नेकपा समाजवादीसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सहभागी छन् । संसदमा केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल मौन बसेका थिए ।
एमसीसीको बिरुद्धको प्रर्दशनमा रवरको गोली प्रहार
एमसीसीको बिरुद्धको प्रर्दशनमा रवरको गोली प्रहार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु