पोखरा- भीषण असिना पानीले पोखरा उपत्यकामा तरकारी, अन्नवाली र पशुपंक्षीमा गरी करिव ११ करोड रुपयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।
दुई दिनअघि परेको भीषण असिनाले उपत्यकाभित्र भारी मात्रामा काउली, बन्दा, साग, प्याज, लसुन, कांक्रो, घिरौला, करेला लगायतका तरकारी बालिमा क्षति गरेको थियो । यसैगरी तोरी, गहुँ, आलु, मकै लगायतका बालि समेत धुजा धुजा पारेको थियो । असिनाले गोठ भत्कदा पोखरा ११ स्थित फलमान गुरुङको फर्मका दुईवटा भैसी किचिएर मरेका थिए । असिनाले फलफूल नर्सरीहरुका वेर्ना र तरकारी खेतिका लागि वनाईएका टनेलमा समेत व्यापक क्षति गरेको थियो ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उपत्यकाका विभिन्न वडाहरुमा गरेर ११ करोड बराबरको बालि र पशुपक्षीमा नोक्सानी गरेको वताए । उनले पोखराको ९, ११, १३ र १८ वडामा बढि क्षति पुगेको वताए । पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफुल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।
पोखरामा असिनाले ११ करोड रुपयाँ बराबरको क्षति
पोखरामा असिनाले ११ करोड रुपयाँ बराबरको क्षति

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु