काठमाडौं – एक चिनियाँ नागरिकले नेपालीको नाममा कम्पनी खोलेर भारतीयलाई ठगेको पाइएको छ। काठमाडौं प्रहरी परिसरले चिनियाँ नागरिकले स्थापना गरेको कम्पनीमा काम गर्ने ३६ जना नेपाली युवायुवतीसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
भारतीयलाई ६ वटा एप्लिकेशन मार्फत ऋण दिने र ७ दिनभित्रमा ऋण तिर्नु पर्ने भन्दै ठगी गरेको खुलेको हो।
दुई महिना पहिले आएका चिनियाँ नागरिकले नेपाली दिनेश श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी खोलेका थिए।
उनलाई कम्पनीको एचआर म्यानेजर बनाइएको थियो। मध्य बानेश्वरमा स्थापना भएको कम्पनीले दैनिक ६ करोड रुपैयाँ सम्म कारोबार गरेको पाइएको छ।
कल सेन्टरमा काम गर्न भन्दै कर्मचारी माग गरिएको थियो। १२ कक्षा उत्तिर्ण गरेका र कम्प्युटरसम्बन्धी ज्ञान भएकालाई जागिरमा भर्ना गरिएको थियो।
त्यहाँ काम गर्नेले १६ देखि १८ हजार रुपैयाँ तलब पाएका थिए। अरु रकम सिधै चिनियाँ नागरिकको खातामा जम्मा हुने गरेको थियो। नेपालीलाई तलव दिनका लागि उनले मेगा बैंकमा खाता खोलेको पाइएको छ।
ठगिनेमा सबै भारतीय नागरिक छन्। उक्त एप्स नै भारतीयलाई लक्षित गरेर खोलेको पाइएको छ। भारतीयको आधार कार्ड लगायतका विवरण दर्ता गर्दै माग्ने गरिएको थियो।
उक्त एप्समार्फत ऋण लिन सकिने भन्दै विज्ञापन नै गरिएको थियो। उक्त विज्ञापनतर्फ भारतीय नागरिकहरु त्यो एप्लिकेशनमा आइपुग्थे।
र, चिनियाँ नागरिकमार्फत ऋण लिन्थे। दैनिक २ हजारदेखि २० हजार भारतीय रुपैयाँसम्म ऋण दिने गरेका थिए।
एप्समा निवेदन गर्दै खाता नम्बर माग्ने र चिनियाँ नागरिकले खातामा रकम पठाइदिन्थे।
भनेको भाकामा ऋण नतिरे ती भारतीय नागरिकका आफन्तलाई समेत धम्क्याउने र ऋण उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
ऋण नतिरेमा हाम्रो कानुन शाखाले घर जग्गा लगायतका सम्पत्ति लिलाम गर्ने भन्दै ह्वाट्सएप मार्फत म्यासेज पठाएको पाइएको छ।
पक्राउ परेका चिनियाँ र नेपालीलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ। आजै म्याद थप गरेर थप अनुसन्धान सुरु गर्ने एसपी मैनालीले बताए।
पक्राउ पर्नेमा १३ जना युवती र २३ जना युवक छन्। उनीहरु २० देखि २५ वर्षका रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
ऋण दिने भन्दै कम्पनी खोलेर ठगि गर्ने चिनिया नागरिकसहित ३६ नेपाली पक्राउ
ऋण दिने भन्दै कम्पनी खोलेर ठगि गर्ने चिनिया नागरिकसहित ३६ नेपाली पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु