काठमाडौं -काठमाडौं गो व्याक एमसीसी भन्दै संसद भवन अघि बानेश्वरमा बिरोधका बुलन्द आवाज उठेपछि सरकारले प्रतिनिधि सभा वैठक शुक्रबारसम्मका लागि स्थगित गरेको छ ।
संसदमा टेवल गरेपछि विहीवार एमसीसी बारे छलफल गर्ने तयारी गरेको सरकारलाई संसद भवन बाहिर नारावाजी गर्दै उर्लिएको भीडले चर्को खवरदारी गरेको छ ।
ठुलो संख्यामा जम्मा भएका प्रर्दशनकारीहरुले एमसीसी खारेजीको माग गर्दै प्रहरीको घेरा तोडेपछि दुवै पक्षवीच दोहोरो झडप हुन पुगेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दै पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो भने प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो।
भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो।
बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची तय थियो।
सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
संसद् सचिवालयले केही बेरमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिने तयारी गरेको छ ।