सुर्खेत- दुर्घटनामा घाइते वडाअध्यक्षको मृत्यु भएपछि आफन्त र स्थानीय वासिन्दाले शनिबार बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।
मोटरसाइकल दुर्घटनामा भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको शुक्रबार राति काठमाडौंको न्युरो अस्पतालमा मृत्यु भएको थियो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय वडाध्यक्ष कार्की सवार मोटरसाइकललाई फागुन ८ गते गाडीले ठक्कर दिएको थियो । उनलँई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
आफन्त र स्थानीयले दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राखेर बजार र सडक बन्द गराएका हुन् ।
बिहान ११ बजेदेखि वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्षका आफन्त र प्रशासनका अधिकारीहरुबीच छलफल चलिरहेको छ । तर छलफल निश्कर्षमा पुग्न नसकेपछि आफन्तले एम्बुलेन्स समेत चल्न नदिने चेतावनी दिएका छन् ।
प्रदेशकै मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । बिहान नेपालगञ्जतर्फत गएका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
दुर्घटनामा वडाध्यक्ष मृत्युको विरोधमा बन्द
दुर्घटनामा वडाध्यक्ष मृत्युको विरोधमा बन्द

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु