काठमाडौँ -एक गायिक किशोरीले बलात्कार गरेको उजुरी दिएपछि वेपत्ता रहेका पल शाह उर्फ पूर्णविक्रम शाहलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाहले १७ वर्षीया किशोरीले शाहले बारम्बार जबर्जस्ती करणी भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि पक्राउ गरिएको वताए । शाह विरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
शाहलाई प्रहरीले ३ः३० बजे अदालत पुर्याएको थियो ।
घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सात दिनको म्याद थपिएको छ । हिरासतमा राखेर अनुसन्धन अगाडि बढाउँछौं ।’
अभिनेता शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् । गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् ।