काठमाडौं – एमसीसीको बिरुद्ध गरिएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको दोहोरो झडपले संसद भवन अगाडिको बानेश्वर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।
एमसीसी खारेज गर्न माग गर्दै प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीहरुमाथि प्रहरीले लाठी, पानीको फोहोरा बर्षाएको छ भने प्रर्दशनकारीहरुले ढुंगामुढा गर्दै प्रतिकार गरेका छन । ठाउँ ठाउँमा भएको दोहोरो झडपका कारण वरपरका पसलहरु बन्द भएका छन ।
प्रर्दशनकारीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
प्रदर्शनमा स्कुले बालबालिकाहरु पनि सहभागी छन्। प्रर्दशनकारीहरुलाई दमन गर्न उपत्यका वाहिरवाट समेत प्रहरी ल्याएर परिचालन गरिएको छ ।
सत्तगठबन्धन दलले आजको संसद बैठकमा एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ।
संसद भवन अघि तनावग्रस्त
संसद भवन अघि तनावग्रस्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु