काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले नेपालको संविधान मिचेर राताराता एमसीसी पास गर्न खोज्ने सरकार देशघाति भएको वताएका छन । एमसीसीका बिरुद्ध चौतर्फी उठेको आवाजलाई वेवास्ता गर्दै एमसीसी जस्तो गम्भिर विषयमा पेलेर पास गर्न खोज्ने सरकार देश घाती भनेर ईतिहासमा दर्ज हुने वताए ।
एमसीसी सम्झौतालाई एक ठग पत्र भएको आरोप लगाउँदै यो अन्तर्राष्ट्रिय कानुन विपरीत भएको दाबी गरेका छन् ।
उनले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हित विपरीत छन् र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन आफू तयार रहेको चुनौती दिए ।
नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई र उनका निकटस्थहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् । आइतबार राति संसद् बैठकमा भएको दबाफार छलफलको क्रममा रावलले यस्तो बताएका हुन् ।
ुप्रधानमन्त्री शेरबहादुर देउवा जी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस् । एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघात पुर्याउँछन् म प्रमाणित गरिदिन्छू । के मलाई समय दिइन्छ ?ु, रावलले भने, ुको विद्वान र को सल्लाहकार हुनुन्छ आउनोस् । प्रत्येक धारा र दफा ल्याएको छु मैले । मलाई थाहा छ जसले हतारमा राष्टंरियताको यति गम्भीर विषयलाई पास गर्न खोज्दै छ यही नै राष्ट्रिय हित विपरीत छ ।ु
यस्तै उनले कुनै पनि देशप्रति जिम्मेवार सरकारले रातारात संविधान मिचेर यसरी संसद्मा पेस नगर्ने भन्दै एमसीसीप्रति आशंका व्यक्त गरेका थिए । यसवाहेक उनले महाकाली सन्धिको संकल्प प्रस्तावको प्रसंग कोट्याउँदै प्रधानमन्त्री देउवालाई उक्त संकल्प प्रस्ताव माग समेत गरेका थिए ।
उनले भनेका थिए, ुप्रधानमन्त्री शेरबहादुर देउवाजीलाई म सोध्न चाहन्छु । महाकाली सन्धिको संकल्प प्रस्ताव कहाँ छ ? जवाफ दिनोस् ।ु एमाले नेता तथा पूर्वमन्त्री रावलले यसअघि देखि नै एमसीसीको विरोध गर्दैआएका छन् ।
संविधान मिचेर राताराता एमसीसी पास गर्न खोज्ने सरकार देशघाति-रावल
संविधान मिचेर राताराता एमसीसी पास गर्न खोज्ने सरकार देशघाति-रावल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु