काठमाडौं -अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा गरिएको बन्दले जनजीवन प्रभावित बन्न पुगेको छ ।
६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले जनसंघर्षको कार्यक्रम घोषणा गरेपछि सोमवार विहानैदेखि लामो दूरी तथा भाडाका सवारी साधन चलेका छैनन । देशका मुख्य शहरका व्यापारिक केन्द्रहरु पनि बन्द हुन पुगेका छन ।
बन्दले गर्दा दिनभर मजदूरी गरेर बेलुका छाक टार्नेहरु मर्कामा परेका छन । सवारी नचलेका कारण सर्वसाधरणहरु पैदल हिडेर गन्तव्यतर्फ जाँदै गरेका देखिएका छन । सरकारी कार्यालय, अस्पतालहरुमा समेत सेवाग्राहीहरु निकै कम देखिएका छन ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले बन्दको आयोजना गरेको थियो । देउवा सरकारले रातारात एमसीसी सम्झौता पारित गरेको भन्दै त्यसविरुद्ध जनसंघर्षको कार्यक्रम घोषणा गरेको हो ।
यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको संवेदनशीलतालाई दृष्टिगत गरी जनसंघर्षको कार्यक्रम घोषणा गरेको भन्दै ६ दलको विज्ञप्तिमा पुरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायतमा अपिल गरिएको छ ।
बन्दको अघिल्लो दिन साँझ देशभर मसाल जुलुस प्रर्दशन गरेका थिए । ।
संघर्षमा उत्रिएका पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको नेकपा मसाल, मोहन वैद्य किरणको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेकपा, आहुतीको वैकल्पिक समाजवादी कम्युनिस्ट र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादी रहेका छन् ।
एमसीसीको बिरोधमा बन्दले सर्वसाधरणलाई सास्ती
एमसीसीको बिरोधमा बन्दले सर्वसाधरणलाई सास्ती

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु