काठमाडौँ -संसदवाट एमसीसी पास गरिएको विरोधमा आयोजित नेपाल बन्दमा संसद भवन नजिकै बानेश्वरमा शंकास्पद कुकर फेला परेको छ ।
बानेश्वरको मूल सडकमा छाडिएको कुकर बम भएको आशंकाले गर्दा स्थानियवासी त्रसित बन्न पुगेका छन भने सुरक्षाकर्र्मी परिचालन गरिएको छ । वम भएको आशंकामा कुकरलाई निस्क्रिय पार्ने तयारी गरिएको छ ।
एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् ।त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद कुकर राखेर फरार भएको प्रहरी स्रोतले बताएको छ ।
सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । शंकास्पद कुकर बम नै हो कि त्रास फैलाउन राखिएको हो ? डिस्पोज पछि मात्रै थाहा हुनेछ ।
संसद भवन नजिकै शंकास्पद कुकर
संसद भवन नजिकै शंकास्पद कुकर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु