पोखरा – प्राकृतिक सुन्दरताको खानी पोखरा कला, संस्कृतिको दृष्टिले पनि प्रसिद्ध छ । प्राकृतिक सुन्दरतासँगै कला, संस्कृतिमा लोभ्यिएर देश विदेशका पर्यटकहरु पोखरा घुम्न र हेर्न आईपुग्दछन । सुन्दर यो शहरमा कलाका पारखिहरु पनि उतिकै छन । गीत, संगित, चित्रकला, चलचित्र, नाटक लगायतका बिधामा पनि यस क्षेत्रको विशिष्ट योगदान छ ।
पोखरेली भूमिबाट सिर्जित अनेक सिर्जनाहरुले स्वदेश र विदेशमा समेत निकै ख्याति कमाएका छन । पछिल्लो समय टेलि सिरियलको क्षेत्रमा पोखराले उल्लेखनिय भूमिका खेल्दै आएको छ । पोखराबाट पछिल्लो समय हाँस्य प्रधान टेलि चलचित्र ‘गुपचुप’ ले आम दर्शकहरुमाझ लोकप्रियताको शिखर चढ्दै गएको छ । बासना कला केन्द्रद्धारा निर्मित ‘गुपचुप’ टेलि चलचित्र यूट्व च्यानलको बासना क्रियसनमा गएर दर्शकहरुले हेर्न सक्नेछन ।
नेपाली समाजमा अहिले व्याप्त विबिध खालका विकृति, विसंगती र समसाययिक समस्याहरु बारे हाँस्य व्यंग्यामार्फत चोटिलो प्रहार गर्दै आएको ‘गुपचुप’ श्रृंखलामा दर्जनौ कलाकारहरुको शशक्त भूमिका देख्न पाईन्छ । बड्दो लोकप्रियतासँगै हाँस्य श्रृंखलामा नयाँ नयाँ कलाकारको आवागमनले थप रोमाञ्चक र आकर्षित बनाई रहेको छ । ‘गुपचुप’ को नवौं श्रृंखलामा प्रवेश गर्दा लेखक तथा निर्देशक सम्पादक मनोज विक ‘भावुक’ पनि बिशेष भूमिकामा देखा परेका छन । बाल कलाकारको साथमा नवौं श्रृंखलामा झुल्किएका निर्देशक विकको कस्तो भूमिका रहन्छ ? त्यो भने अबको दशौं श्रृंखलाबाट दर्शकहरुले मुल्यांकन गर्नेछन ।
हाँस्य टेलिश्रृंखला ‘गुपचुप’ मा निर्देशक ‘भावुक’ को आवागमन
हाँस्य टेलिश्रृंखला ‘गुपचुप’ मा निर्देशक ‘भावुक’ को आवागमन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु