सप्तरी – सवारी साधनको ईन्धनमा मूल्य बृद्धिले सर्वसाधरणको ढाडै सेक्ने काम गरेको छ । महिनै पिच्छे सरकारको नेपाल आयल निगमले अनेक वहानामा ईन्धनको मूल्य बढाएर लुटधन्धा मच्याईरहेको छ । एकातिर नेपालमा जलस्रोतको दृष्टिले धनी भएकोले बिद्युत उत्पादनको प्रसस्त संभावना रहेको छ । तर सत्तामा बसेर देश संचालन गर्ने शक्ति, सत्ता, सम्पति र स्वार्थको पछि कुदेर देश र जनतालाई गरिवी, अभावको खाडलमा जाकेर विश्व सामु मगन्ते बनाएका छन ।
बिद्युतबाट संचालन हुने सवारी साधनहरु वातावरण र खर्चको दृष्टिले निकै उपयोगि हुने गरेपनि ईन्धन खरिद र विक्री वितरणबाट आउने मोटो रकम कुम्ल्याउन पुगेका सत्ताधारीहरुले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहन गर्नुको साटो उल्टै निरुत्साहित गर्दै आएका छन ।
नेपालको यातायात क्षेत्रमा सवारी साधन र इन्धन दुवै परनिर्भर रहेको अवस्थामा सप्तरीका १९ बर्षिय मौषमकुमार झाले बिद्युतीय मोटरसाईकल बनाएर संचालनमा ल्याएका छन । स्थानीय बजारबाट आवश्यक पार्टपूर्जाहरु वटुलेर तयार गरिएको मोटरसाईकल दुई यूनिट बिजुलीले करिव १ सय किलोमिटर गुड्ने झाले वताएका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, १ भारदहका उक्त मोटरसाईकल बनाउन एक लाख २५ हजार रुपयाँ खर्च भएको वताए । १ हजार वाटको मोटर र ४८ वाटको व्याट्री जडान गरिएको मोटरसाइकल अगाडि र पछाडि कुदाउन सकिन्छ ।
यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय लागेको छ । ‘एक महिना सामानको जोहो गर्नै लाग्यो’ झा भन्छन्, ‘त्यसपछि दुई सातामै निर्माण गरेको छु ।’
विराटनगरको मनमोहन मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियर पढदै आएका झा कोरोनाले एक महिना कलेज बन्द भएको समयको सदुपयोग गरेर बिद्युतीय मोटरसाईकल बनाएका हुन । झाले विगिएर ग्यारेजमा थन्किएको मोटरसाइकलको चेचिस ल्याएर टायर, चेन, ब्याट्रीलगायतका सामान नयाँ हालेर र ट्यांकी आफैंले वनाएका छन । त्यसबाहेक टायर, चेन स्पोकेट, चेन, मोटरसहितका उपकरण खरिद गर्नुपरेको छ । ६० किलोमिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने यो मोटरसाइकलमा व्याट्रीबाट कन्ट्रोलरले शक्ति तान्ने गरी सेटिङ मिलाएका छन । यसपछि कन्ट्रोलरले चेन घुमाउने र चेनले टायर घुमाएर मोटरसाइकल चल्ने बनाए ।
मोटरसाइकलमा एउटा रिभर्स राखिएको छ, जसले चक्कालाई अगाडि र पछाडि दुबैतिर घुमाउँछ । त्यसका निम्ति झाले एउटा स्वीच राखेका छन्, जुन एकतिर घुमाए अगाडि र अर्कोतिर घुमाए पछाडि गुड्छ । ‘व्याट्रीकै ६० हजार परेको छ’ मोटरसाइकल लिएर दुई पटक विराटनगर पुगिसकेका झा भन्छन्, ‘व्यापारिक दृष्टिले बनाए यो भन्दा सस्तोमा बन्छ, कतिपयले त २ लाख रुपैयाँ दिन्छु भनिरहेका छन्।’
सवा लाख खर्चमा दुई यूनिट बिद्युतले सय किलोमिटर चल्ने मोटरसाईकल
सवा लाख खर्चमा दुई यूनिट बिद्युतले सय किलोमिटर चल्ने मोटरसाईकल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु