नेपालगन्ज – सापटी लिएको रकम लिन वोलाएर महिला शिक्षिकालाई होटलमा बलात्कार गरेको अभियोगमा एमाले सांसद मोहन बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाले अप्सरा होटलमा बसेको बेला सांसद बाँनियाले दुई पटकसम्म बलात्कार गरेको उजुरी दिएपछि पक्राउ पूर्जि जारी गरिएका बाँनियालाई नेपालगंग विमानस्थलवाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगंन्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन थिए ।
पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसबारे बानियाँले त्यो सबै झूट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए। सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।
सापटी रकम लिन होटलमा वोलाएर शिक्षिकालाई बलात्कार अभियोगमा एमाले सांसद पक्राउ
सापटी रकम लिन होटलमा वोलाएर शिक्षिकालाई बलात्कार अभियोगमा एमाले सांसद पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु