पोखरा – दुई युवा समुहवीच भएको झगडामा चक्कु प्रहार गरी पोखराको मौजामा २० बर्षिय ३५ बर्षिय चोकेन्द्र गुरुङको मृत्यु भएको छ । पोखरा महानगरपालिका २० मौजाको लामाखेत नजिकैको शिव मन्दिरमा मध्यरातमा गुरुङ युवाहरुवीच राति एक बजेतिर झडप भएको थियो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका पोखरा २० का गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले आँटीघर जाने बाटोको लामाखेत नजिकैको शिव मन्दिरमा झडप भएको वताए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पोखरा–२० लामडाँडाका २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङलाई पक्राउ गरेको छ ।