बिर्तामोड – खेतमा पराल लिन गएकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । अर्को बलात्कारको घटनामा थप एक युवकलाई पक्राउ गरिएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुई र भद्रपुर नगरपालिका–४ बाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गौरीगञ्जमा पाहुना आएकी १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र २४ वर्षीय देवकुमार राजवंशी पक्राउ परेका हुन् । प्रहरीका अनुसार बुधबार बेलुका साढे ४ बजेतिर खेतमा पराल लिन गएकी बालिकामाथि बलात्कार भएको थियो ।
पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएको छ । भारतीय सीमानजिक जवानमुन्सी मेला घुमेर फर्किने क्रममा उनीहरुले बालिकालाई जबर्जस्ती करणी गरेका थिए । झापा गाउँपालिका निवासी पीडित बालिका ५ महिनादेखि गौरीगञ्जस्थित आफन्तको घरमा बस्दै आएकी छन् ।
त्यस्तै जबर्जस्ती करणी गरी फरार भएको अभियोगमा भद्रपुर नगरपालिका ४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बूले फागुन १७ गते स्थानीय १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
किशोरी बलात्कार अभियोगमा तीन युवक पक्राउ
किशोरी बलात्कार अभियोगमा तीन युवक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु