पोखरा – विभिन्न सामाग्रीहरु किनवेच गर्न सामाजिक संजाल प्रयोग गरिदै आएको नौलो होईन । तर सेक्स अर्थात बेश्यावृत्तिको बजार जमाउन सामाजिक संजाल प्रयोग गरिदै आएको कुरा धेरैलाई नयाँ लाग्न सक्छ ।
पर्यटकिय नगरी पोखराको लेकसाईडमा यौनकर्मी महिलाहरुको तस्वीर सामाजिक संजालमार्फत देखाएर रकम छिनोफानो समेत गरिदै आएको खुल्न आएको छ ।
प्रहरीले बेश्यावृत्तिमा संलग्न एक गिरोहलाई पक्राउ गरेपछि फेसवुक, मेसेन्जर, भाईवर लगायतका माध्यमबाट यौनधन्धा गराउँदै आएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ७ मुस्ताङ चोक घर वडा नं.१७ रातोपहिरा बस्ने ३० बर्षिय नारायण पोखरेल, सिन्धुपाल्चोकको चौतारा ६, ठूलीधारा घर भई हाल पोखारा जरेबर बस्ने २२ बर्षिया पुजा थापा मगर र बांके चिसापानी ९, घर भई पोखरा ६ जरेबर बस्ने २२ बर्षिय विशाल योगीले संगठित वेश्यावृत्तिको आरोपमा पक्राउ गरेको हो । अभियुक्तहरुले पोखराको लेकसाईडमा फ्ल्याट भाडामा लिई बेश्यावृत्ति गरे गराएको आरोप प्रहरीले लगाएको छ। अभियुक्तहरुले ग्राहकहरुलाई आफ्नो सम्पर्कमा रहेका महिलाहरुको फोटो फेसबुक, भाइबरमार्फत पठाउने र ग्राहकले रोजेको महिला मिलाई दिएर रकम असुल्दै बेश्यावृत्ति गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अभियुक्तहरुलाई कास्की जिल्ला अदालतमा मानव बेच( बिखन तथा ओसार पसार मुद्दा दर्ता गरी अनुसन्धानका लागि आठ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सेक्स धन्धा चलाउन सामाजिक संजालको प्रयोग
सेक्स धन्धा चलाउन सामाजिक संजालको प्रयोग
"ग्राहकहरुलाई आफ्नो सम्पर्कमा रहेका महिलाहरुको फोटो फेसबुक, भाइबरमार्फत पठाउने र ग्राहकले रोजेको महिला मिलाई दिएर रकम असुल्दै बेश्यावृत्ति गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु