काठमाडौं – सामाजिक संजाल र मिडियाहरुमा ऐन, कानुन विपरित गरिने छाडा टिकाटिप्पणी र प्रतिक्रियाप्रति नेपाल प्रहरीको साईवर व्यूरोले ध्यानाकर्षण जनाउँदै कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाली चलचित्र क्षेत्रका अभिनेता पल शाहले एक किशोरी गायिकलाई जर्वजस्तीकरणी गरेको घटना र अभियुक्त शाह पक्राउ परेको बिषयलाई लिएर केहि दिन यता सामाजिक संजाल र केहि मिडियामा छाडा, भद्दा, अपाच्य टिकाटिप्पणीहरु छरपस्ट हुँदै आएका थिए ।
फेसवुक, टिकटक, यूट्युव सामाजिक संजालमा अभियुक्त शाहको पक्षमा वकालत गर्दै अनुसन्धानलाई समेत प्रभावित पार्ने हर्कत हुँदै आएको थियो । साथै पीडित गायिकलाई उल्टै दोष देखाउँदै गालि गलौज गर्दै कानुनको धज्जी उडाउनेक्रम बढेपछि प्रहरी प्रधान कार्यालयको साईवर व्यूरोले अवाञ्छित हर्कत गरेमा कार्वाही गर्ने चेतावनी दिएको हो । साईवर व्यूरोद्धारा शुक्रवार जारि विज्ञप्तिमा सामजिक संजालमा मार्फत गरिएका हर्कतले पीडितको चरित्र हत्या गर्ने, गोपनियता भंग गर्ने, मानसिक तनाव दिने, सामाजिक मान मर्यादामा आँच पुराउने, उत्तेजना फैलाउने लगायतका गतिविधि गरेकोले कानुनको सिमा वाहिर गएर कुनै गतिविधि नगर्न सचेत गराईएको छ ।
व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एंव प्रवक्ता नविन्द अर्यालद्धारा जारि विज्ञप्तिमा सिमा वाहिर गएर हर्कत गर्नेलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ अन्र्तगतको कसुरमा कार्वाही हुने चेतावनी दिएको छ ।
सामाजिक संजालमा छाडा टिप्पणी गर्दै पीडितलाई पीडा थप्नेलाई कार्वाही गर्ने प्रहरीको चेतावनी
सामाजिक संजालमा छाडा टिप्पणी गर्दै पीडितलाई पीडा थप्नेलाई कार्वाही गर्ने प्रहरीको चेतावनी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु