कपिलवस्तु – छोरीको हत्या गरी शव लुकाउने प्रयास गर्दा गर्दै प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका १ उत्तमनगरकी सीता नेपालीलाई १२ बर्षीया छोरीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । छोरीको हत्यापछि शव लुकाउन जाँदै गर्दा नेपालीलाई शसस्त्र प्रहरीले व्यास क्याम्प पिपरा नजिकबाट पक्राउ गरेको थियो ।
छोरीको हत्यापछि शव बगाउन कोठीखोला नदीतर्फ जाँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए। नेपालीले आफ्नी छोरीको हत्या गर्नुको कारण खुलेको छैन। ‘घटनाका सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ,’ भण्डारीले भने।
छोरीको हत्या अभियोगमा आमा पक्राउ
छोरीको हत्या अभियोगमा आमा पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु