पोखरा- कवि एवं गीतकार दुर्गाबहादुर शाह “बाबा” द्वारा रचित कविताहरूको सँगालो “दोसाँध” को शनिबार पोखरामा लोकापर्ण गरिएको छ । उक्त कृर्तिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि प्रस्तोता,साहित्यकार एवं चलचित्र निर्देशक सायमीले गरे । सायमीले कुनै पनि साहित्यिक कृति कुनै पनि पाठकका लागि सुन्दर हुन सक्छ र त्यो कृति निश्चित मापदण्डभित्र पर्नै पर्छ भन्ने हुँदैन भन्दै प्राज्ञिक समूहभित्र पर्न कविता लेखन अनिवार्य भएको बताए । उनले हरेक स्रष्टा र कृतिका आ–आफ्नै पाठक हुने भएकाले कृति सर्वप्रिय हुनैपर्छ भन्ने मान्यतासमेत राख्न नहुने विचार व्यक्त गरे । पुरस्कृत कृति मात्रै सर्वोत्कृष्ट हुने र अन्य कृति निकृष्ट हुने धारणा पनि गलत हो भन्ने तर्क राख्दै उनले कविता सर्वाधिक लोकप्रिय साहित्यिक विधा भएको वताए ।
कार्यक्रमका विशिष्ट अतिथि उच्च अदातल कास्की,पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, अतिथि विम्बकवि रमेश श्रेष्ठ, प्रा.डा.रामनाथ ओझा,पद्म किरण रानालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।
लोकार्पित कृति “दोसाँध” को समीक्षा रूपिन्द्र प्रभावीले गरेका थिए । स्रष्टाको कृतिगत परिचय नगेन्द्रप्रसाद पौडेलले गरेका थिए ।
लीली अधिकारीले “दोसाँध”बाट आफूलाई मनपरेको एक कविता वाचन गरेकी थिईन । कवि एवं गीतकार दुर्गाबहादुर शाह “बाबा” लाई सार्क राष्ट्रका महासचिवद्वारा पठाइएको शुभकामना पत्र समेत वाचन गरेर सुनाइएको थियो ।
स्रष्टा दुर्गाबहादुर शाह “बाबा”ले आफ्नो उपनाम “बाबा” को अर्थ फराकिलो सोंच, शैक्षिक,विश्वासयोग्य र उपलब्धिमूलक व्यक्ति भएको स्पष्ट पार्दै आफूले लामो समयको अन्तरालपछि दोस्रो कविता संग्रह पाठकमाझ ल्याएको वताए । उनले हालसम्म कविता र गीतका समेत गरी पाँचवटा कृति पाठक तथा दर्शकसामु पस्किसकेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै जाने बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,नेपाल गण्डकी प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता दुर्गा न्यौपाने र सञ्चालन असफल गौतमले गरेका थिए ।
दुर्गाको “दोसाँध”कविता सङ्ग्रहको लोकार्पण
दुर्गाको “दोसाँध”कविता सङ्ग्रहको लोकार्पण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु